फेवा नववर्ष महोत्सवको निम्तो दिन काठमाडौं पुग्यो होटल संघको टोली

तयारी अन्तिम चरणमा

पाेखरा | चैत २३, २०८१

फेवा नववर्ष महोत्सवको निम्तो दिन काठमाडौं पुग्यो होटल संघको टोली

पोखरा:   होटल संघ पोखरा नेपालले आगामी ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा २० औं फेवा नववर्ष महोत्सव आयोजना गर्दैछ । 

 

त्यसका लागि पत्रकार सम्मेलनमार्फत निम्तो दिन होटल संघको टोली काठमाडौं पुगेको हो ।  

 

सो अवसरमा बोल्दै महोत्सवका संयोजक तथा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित विगत २२ वर्षदेखि नववर्ष महोत्सवको आयोजना हुँदै आएको बताए । 

उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्ष महोत्सव रोकिएको जानकारी दिदैं फेरि लयमा फर्किएको बताए । 

 

उनका अनुसार सो महोत्सव खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुनेछ । 

 

उक्त महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने  निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए । 

 

उनका अनुसार महोत्सव अवधिमा पर्यटकलाई २० प्रतिशत छुट दिइने छ ।

 

सो महोत्सवले पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।

 

महोत्सवको मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रा.लि, सहप्रायोजकका रुपमा बरुण बेभरेज प्रालिको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार प्रालि, फोन पे, अन्नपुर्ण केवलकार प्रालि, टोकला चिया रहेका छन् । 

 

यस्तै इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ भने, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, र पोखरा महानगरपालिकका रहेका छन् ।
 

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्